सन् २०१५ मा ६०० करोडको आँकडा पार गरेको चलचित्र ‘बाहुबली’ को सिक्वेलको मान्छेहरु अहिले निकै प्रतिक्षा गरिरहेका छन् । दर्शकहरु बाहुबलीको सिक्वेलमा यो हेर्न चाहन्छन् कि कटप्पाले किन बाहुबलीलाई मारे ? डायरेक्टर एस एस राजमौलीको ड्रीम प्रोजेक्ट बाहुबलीपछि चाँडै तपाईहरुलाई ‘बाहुबली : द कन्क्लूजन’ उपहार मिल्दैछ । अहिले यो फिल्मको क्लाइमेक्स दृश्यको छायाँकन भइरहेको छ । बाहुबलीको क्रेज यस्तो छ कि अहिले योसँग जोडिएका जस्तो खबरहरुमा पनि दर्शकहरुको नजर पर्ने गर्छ । हालै बाहिर आएको खबर अनुसार अब फिल्मको छायाँकन सकिन २ महिना मात्र बाँकी रहेको छ । २ महिनापछि यो फिल्मको पोस्ट प्रोडक्शनको काम सुरु हुनेछ । अहिले फिल्मको निकै रोमान्चक मोडमा छायाँकन भइरहेको छ कि कटप्पाले किन बाहुबलीलाई मारे ? खबरका अनुसार फिल्मको फष्र्टलुक पोष्टर प्रभासको जन्मदिन २३ अक्टूबरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसको ट्रेलर भने आगामी जनवरीमा रिलिज गरिदैछ । फिल्मको रिलिज मिति भने २८ अप्रिल २०१७ का लागि तय गरिसकिएको छ । फिल्ममा प्रभास, राणा डग्गुबती, तमन्ना र अनुष्का शेट्टी देखिदैछन् ।