सन् २०१६ को बलिउड समाचार निकै ठूलो विवादबाट सुरु भयो । यो विवाद थियो, अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौटबीचको । अब यो वर्ष सकिन तीन महिना बाँकी छ । तर, यी दुईको विवाद अहिले पनि टुंगो लागिसकेको छैन । अब त झन् ऋतिकका बाबु राकेश रोशनले यसमा नयाँ मोड सिर्जना गरिदिएका छन् । यसअघि उनी यो विवादमा सोझै जोडिएका थिएनन् । कंगनाले उनको नाम लिँदा पनि राकेश यो मुद्दाबाट टाढा हुन खोजिरहेका थिए । तर, अब उनले मुख खोलेका छन् । उनले भनेका छन्, ‘यदि ऋतिकले यस विषयमा वास्तविकता मात्र बोल्ने हो भने सबैजना सक्ड हुनेछन् । अब उनले साँचो बोल्ने पनि छन् ।’