अभिनेत्री लिली जेम्स अन्य अभिनेत्रीहरु भन्दा अली बढी नै खर्च गर्छिन । उनी आबश्यक चिज भन्दा पनि बाहिरमा बढी खर्च गरिरहेकी हुन्छिन् । त्यसैले गर्दा उनले आफ्नो कमाईलाई बचत गर्न सकिरहेकी छैनन् । उनले बताए अनुसार धेरै पैसा खर्च गरेपछि उनी आफैलाई दोष दिने गर्छिन र पछि पछुताउने गर्छिन । वेबसाइट फीमेलफर्स्ट डट कम डट यूकेका अनुसार अभिनेत्री लिली जेम्सले भनेकी छिन्, अभिनेत्रीको रुपमा कमाई हुने पैसालाई म अहिले सदुपयोग पनि गर्ने कोसिस गरिरहेको छु । उनले एली पत्रिकालाई भनेकी छिन्, मैले पहिला महंगोमा ह्याण्डब्याग किनेको थिए, जसलाई ७०० पाउण्ड परेको थियो । तर मैले त्यो सम्हाल्न सकिन् र मैले फिर्ता गरिदिएँ । उनले अहिले आबश्यक चिजमा मात्र खर्च गर्न थालेकी छिन् ।