केही महिनादेखी ‘बेड रेस्ट’ मा रहेका हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) को अहिले स्वाथ्यमा क्रमश सुधार हुँदै आइरहेको छ । विरामी भएर अभिनयमा फर्किन नसकेका केदार घिमिरेले केही दिन अगाडी मात्र ‘मन्त्री ज्यूको सालो’ नामक एक भिडियोको छायाँकन सकाएका थिए । आफ्नो स्वास्थ्यमा सुधार हुँदै आएपछि अभिनयमा फर्किएको बताएका केदार घिमिरेले अभिनय गरेको ‘मन्त्री ज्यूको सालो’ बोलको कमेडी भिडियो सार्वजनिक भएको छ । घिमिरे आफैंको शब्द र स्वरमा रहेको गीतमा हरी लम्सालको संगीत रहेको छ । एक ढावामा रोटी बनाउने दीपक आचार्य आफ्नो भिनाजु मन्त्री भएपछि उनको जीवनमा आएको परिवर्तनलाई भिडियोमा कमेडी शैलीमा उतारिएको छ । सार्वजनिक भिडियोमा माग्ने बुढा र दीपक आचार्यका अलवा विनोद राई, बेगम नेपाली, दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेत लगायतले अभिनय गरेका छन् । दीपक आचार्यले निर्देशन गरेको भिडियोलाई गोकुल अधिकारीले अिचेका हुन् भने अमन मानन्धरको सम्पादन गरेका हुन् । केदार घिमिरे (माग्ने बुढा) ले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले नेपाली सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ ।