पछिल्लो समय नेपाली सेलिब्रेटीहरु राजनीतितिर बढी ध्यान दिँदै आइरहेका छन् । उमेर खस्कदै गएपछि नेपाली कलाकारहरुको राजनीतितर्फ ध्यान बढेको पाइन्छ त्यसैले होला केही बर्षयता नेपाली कलाकारहरु धमाधम एउटा राजनीतिक पार्टी समातेर अगाडी बढ्दै आएका छन् । केही महिना अगाडी डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल, निर्माता अशोक शर्मा आबद्ध भएका थिए । यही बिच केही महिना अगाडी एउटा खबर बाहिरिएको थियो कि नायक राजेश हमाल पनि अब राजनीतिमा सक्रिय हुँदैछन् । तर अहिलेसम्म राजेश हमाल भने कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध भइसकेका छैनन् । केही बर्ष अगाडी नायिका रेखा थापा पनि औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेकी थिइन तर उनी सक्रिय रुपमा भने राजनीतिमा लागेकी छैनन् । अहिले फेरी एक खबर बाहिर आएको छ, त्यो हो गायका कोमल ओली पनि राजनीतिमा अब सक्रिय हुँदैछिन् । स्रोतले बताए अनुसार उनी तिहारपछि बाट पुर्णरुपमा राजनीतिमा लाग्नेछिन् । कोमल ओली कुन पार्टीमा आबद्ध हुन लागेकी हुन त्यो भने खुलाइएको छैन तर कोमलका अनुसार अहिले यस विषयमा छलफल भइरहेको छ । घोषित या नव घोषित जुनसुकै पार्टीमा पनि आफु आवद्ध हुन सक्ने कोमलको भनाई छ ।