अभिनेत्री प्रियंका चोपडाको अमेरिकन टिभी शो ‘क्वान्टिको’ को दोस्रो सीजन सुरु भएको छ । यो सीजनको पहिलो एपिसोड पनि अन एयर भइसकेको छ । हालैमा यस एपिसोडको केही तस्बिर बाहिर आएको छ । जसमा प्रियंका पहिला भन्दा निकै हट अवतारमा देखिएकी छिन् । बताइदिउँ कि पहिलो सीजनमा एलेक्स पेरिस (प्रियंका चोपडा) ‘एफविआई’ अफिसर थिइन । तर यस पटक उनले उक्त पदबाट राजिनामा दिएकी छिन् । पहिलो सीजन सफल भएपछि अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएकी प्रियंकालाई अब दोस्रो सीजनमा दर्शकहरुले कति रुचाउनु हुन ?