बलिउडमा राखी सावन्त र सन्नी लियोनको सम्बन्ध राम्रो छैन । राखी सावन्त खुलेरै सन्नी लियोनको आलोचना गर्ने गर्छिन् । पछिल्लो समय राखीको फिल्मलाई सेन्सर बोर्डले दृश्यहरु काट्न लगाएपछि उनले सन्नी लियोनलाई निशाना बनाउँदै आलोचना गरेकी छिन् । उनलाई सन्नी लियोनबारे केही प्रश्न नगर्दा समेत उनले सन्नी लियोनलाई जोडेर जबाफ दिने गर्छिन् । राखीले भनेकी छिन्,‘सन्नी लियोनलाई अब बलिउडमा फिल्म मिल्न छोडेको छ । उनीसँग एकदमै थोरै फिल्महरु रहेका छन् । अब उनी कति नै आइटम गीत डान्सरको काम गर्लिन् र । उनलाई पोर्न फिल्ममा एक न एक दिन फर्किनु नै छ ।’ तर, राखी सावन्तमाथि पनि धेरै प्रश्नहरु उठाइने गरिन्छ । उनले धेरै लामो समय बलिउडमा बिताएकी छिन् तर गर्व गर्न लायकको कुनै पनि काम गरेकी छैनन् भन्नेहरुको संख्या पनि धेरै रहेको छ ।