बलीउड अभिनेता सुशान्त सिंहले अभिनय गरेको फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ आजबाट रिलिज भएको छ । फिल्मको प्रमोशनको दौरानमा सुशान्तले फिल्म क्रिटिक्स अनुपमा चोपडासँग केही रिल र केही रियल लाइफको विषयमा कुराकानी गरेका छन् । सुशान्त र उनकी प्रेमिका तथा नायिका अंकिता लोखन्डेबीच ब्रेकअपको खबरले चर्चा बटुलिरहेको छ । टिभी शो ‘पवित्र रिस्ता’को सेटबाट दुवै नजिकिएका थिए । रिलेशनसिपमा ६ वर्ष सँगै रहेपछि यो जोडीको गएको वर्ष मात्र ब्रेकअप भएको हो । सम्बन्ध टुट्नुको खास कारण सुशान्तले भनेका छन्, ‘रिलेसनसीप बनाइराख्नका लागि समय हुनु एकदमै जरुरी छ । यदि तपाईं कुनै अपेक्षा नराखेमा सम्बन्ध जारी रहन्छ । यदि तपाईं प्रेममा हुनुहुन्छ त दोस्रोको बारेमा सोच्नुहुन्छ । उनीसँग यादगार बनाउन चाहनुहुन्छ, उसलाई खुशी राख्न चाहनुहुन्छ ।’ उनले अगाडि भनेका छन्, ‘रिलेसनमा समय एक इन्भेष्टमेण्टजस्तै हो । हामी उसको साइकोलोजिकल सेक्युरिटीको पछि भाग्छौं, जो सबै रहदैंन ।’ उनले धेरै कलाकारहरु केवल आफ्नो बारेमा मात्र सोच्ने बताउँदै बढी सेल्फ सेन्टर्ड हुने गरेका पनि बताएका छन् । ‘उनीहरु चाहन्छन् कि दोस्रो केवल उनलाई सुनुन,’ उनले भनेका छन्, ‘तर, आजकल मानिसको सुन्ने स्कील खराब भइसकेको छ । उनी जरुर सुन्छन् तर बुझ्दैनन् ।’