इण्डियन टीमका क्याप्टेन महेन्द्र सिंह धोनीको जीवनीमा बनेको बायोपिक फिल्म हो ‘एमएस धोनी द अनटोल्ड’, जो आजबाट वल्र्डवाइड प्रदर्शनमा आएको छ । नीजर पाण्डेले यस फिल्ममा धोनीको प्रोफेसनल र पर्सनल लाइफ पर्दामा उतारेको देख्न सकिन्छ ।
क्रिटिक रेटिङ्ग : ३/५
स्टार कास्ट : सुशान्त सिंह राजपूत, अनुपम खेर, भूमिका चावला, दिशा पाटनी, कियारा आडवाणी
डायरेक्टर : नीरज पाण्डे
प्रोड्यूसर : अरुण पाण्डे
म्यूजिक डायरेक्टर : अमाल मलिक, रोचक कोहली
जनर : स्पोर्ट्स बायोपिक
कथा
कहानी सुरु हुन्छ भारतको राचीबाट । जहाँ माही उर्फ महेन्द्र सिंह धोनी (सुशान्त सिंह राजपूत) को जन्म भएको थियो । स्कूलका दिनहरुमा महेन्द्र सिंह धोनी फुटबल खेल्न मनपराउथे । तर यसै बिच उनलाई स्कुलको क्रिकेट टीममा विकेट कीपिङ्ग गर्ने अवसर मिल्छ । यहाँबाट उनको क्रिकेट यात्रा सुरु हुन्छ । महेन्द्र सिंह धोनीको इच्छा एउटा सफल क्रिकेटर बन्नु थियो तर उनका बुबा (अनुपम खेर) उनी सरकारी नोकरी गरेर सेटल होस भन्ने चाहन्थे । छैठौं नम्बरमा ब्याटिङ्ग गर्ने महेन्द्र सिंह धोनी कसरी ओपनिङ्ग व्याट्समेन बने त ? कसरी सेलेक्सन भए पश्चात पनि उनले दिलीप ट्रफी टुर्नामेन्ट खेल्न पाएनन् त ? कसरी इण्डियन रेल्वेमा नोकरी गर्दा गर्दै उनी डिप्रेसनको शिकार हुन्छन् र कसरी महेन्द्र सिंह धोनी इण्डियन क्रिकेट टीमको क्याप्टन बन्छन् ? यो सबै प्रश्नको उत्तर खोज्नका लागी एकपटक चलचित्र धोनी हेर्नै पर्ने हुन्छ ।
निर्देशन
नीरज पाण्डेको निर्देशन उत्कृष्ट देखिन्छ । फस्र्ट हाफमा धोनीको प्रोफेशनल, लभ लाइफ र विवादित प्रशंगहरु चलचित्रमा बगेको देखिन्छ ।
अभिनय
सुशान्त, अनुपम खेर र बाँकी सबै कलाकारहरुको अभिनय राम्रो देखिएको छ । विशेष गरि सुशान्त धोनीको रोलमा एकदमै फिट देखिन्छन् । यो भन्न गलत नहोला कि धोनीको हरेक स्टाइललाई सुशान्तले मनबाटै चलचित्रको पर्दामा उतारेका छन् । चलचित्रको पहिलो हाफमा कुनै हिरोइनको इन्ट्रि देखिदैन । तर इन्टरवलपछि चलचित्रका दुई नायिकाहरु दिशा पाटनी र कियारा आडवाणीको इन्ट्रिसँगै धोनीको लभ लाइफका बारेमा विशेष फोकस गरिएको छ ।
संगीत
फिल्मको गीत र बैकग्राउण्ड स्कोर उत्कृष्ट छ । अमाल मलिक र रोचक कोहलीका गीतहरु पनि कर्णप्रिय छन् ।
हेर्ने कि नर्हेने
यदी तपाई क्रिकेटमा रुची राख्नु हुन्छ र एमएस धोनीको फ्यान हुनुहुन्छ, उनको प्रोफेशनल लाइफका साथै पर्सनल लाइफका बारेमा पनि जान्न इच्छुक हुनुहुन्छ भने यो फिल्म तपाईहरुका लागि मनोरञ्जनात्मक हुन सक्छ । त्यसो हो भने तपाईहरुले यो फिल्म हेर्न सक्नु हुन्छ ।