क्रिकेटर युवराज सिंह र एक्ट्रेस हेजल कीच लामो समयदेखी डेट गरिरहेका छन् । गएको बर्षमात्र उनीहरुले आफ्नो प्रेम सम्बन्धको स्वीकार गरेका थिए र नोभेम्बरमा इन्गेज्मेन्ट गरेका थिए । अब उनीहरुले यो सम्बन्धलाई अगाडी बढाउँदै चाँडै विवाह गर्ने निर्णय गरेका छन् । यि दुईको विवाहको तारीख पनि फाइनल भएको छ । मीडियामा चलिरहेको खबरका अनुसार, युवराज र हेजल कीच ३० नोभेम्बरमा विवाह गर्दैछन् । युवराजकी आमा शबनम सिंहले एक अन्तर्वार्तामा भनेकी थिइन् कि विवाह १२ डिसेम्बरमा युवराजको बर्थडे भन्दा अगाडी हुनेछ । सुत्रले बताए अनुसार, ३० नोभेम्बरमा विवाहको तारीख तय गरिएको छ र विवाह पंजाबी रीति(रिवाजमा हुनेछ । गएको बर्ष ११ नोभेम्बरमा युवराजले बलीउड एक्ट्रेस हेजल कीचसँग इन्गेज्मेन्ट गरेका थिए । हेजलले सलमान खानको फिल्म ‘बडीगार्ड’ मा अभिनय गरेकी थिइन्।