२ बर्ष अघि आफ्नो पति नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि नायिका स्वेता खड्काको संसार मौन भयो । विवाहको १ महिना नपुग्दै श्रीमानको निधनले स्वेतालाई विक्षिप्त बनायो । त्यति बेला उनको दैनिकी कसरी वित्यो होला त्यो हामी महशुस गर्न सक्छौं । श्रीमानको निधनपछि उनी डिप्रेसनको शिकार भइन् त्यसपछि उनी झण्डै १ बर्ष ‘बेड रेस्ट’ मा नै रहिन् । श्रीमानको निधन भएको झण्डै २ बर्ष पछि अहिले उनको दैनिकी सामान्य बन्दै गएको छ । उनी भगवानले आफुलाई दोस्रो जीवन दिएको बताउँछिन् । उनलाई यो कहिले लागेको थिएन् कि उनी आज यो अबस्थामा फर्किन्छिन् भनेर न अरु कसैले नै सोचेका थिए तर अहिले उनको ओठमा मुस्कान फर्किएको छ । ‘कहाँ भेटिएला’ तथा ‘कोहिनूर’ जस्ता चलचित्रमार्फत दर्शकको मन जितेकी श्वेताले अहिले परिवारसँगै व्यबसायलाई पनि सम्हाल्दै आइरहेकी छिन् । उनि एमआर कन्स्ट्रक्सन, होटल इन्ड्रेणी, सुनौलौ कोअपरेटिभ, बुद्ध लाइफ रियल स्टेट जस्ता संस्था तथा कम्पनीमा प्रमुख सञ्चालक र सस्थापकको रुपमा कार्यरत छिन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको बियोगका कारण बाहिर नदेखिएकी स्वेता पछिल्लो समय सामाजिक काममा व्यस्त देखिनुका साथै समाजिक सञ्जालमा खुलेरै प्रशंसा बटुल्न ब्यस्त छिन् ।
हालै कान्तिपुर टेलिभिजनका लागि पत्रकार सुमन खरेलसँगको कुराकानीको क्रममा उनले केही व्यक्तिगत कुराहरु शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालको कारणले पनि आफु अहिले यो अबस्थामा फर्किन सम्भब भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘आज म यस्तो अबस्थामा फर्किन्छु भन्ने लागेको थिएन । विस्तारै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा व्यस्त हुन थालेपछि म सामान्य जीवनशैलीमा फर्किन थालें । त्यसपछि प्रशंसकहरुसँग कुरा गर्न थालें, सबैको माया पाउन थालें र मैले विस्तारै ति पिडाहरु भुल्दै जान थालें ।’
उनले अगाडी थप्दै भनिन्, ‘त्यति बेला मलाई म मात्र दुखमा छु जस्तो लागेको थियो तर पछि धेरैको देखे, हेरे अनि मैले पनि मन बुझाएँ ।’ उनले आफ्नो जीवनमा अबका दिनका कोही आउन सक्छ वा सक्दैन, त्यो भने समयले नै बताउने बताइन । उनले भनिन्, ‘म अहिले यो भन्न सक्दिन् कि मेरो जीवनमा कोही आउँछ कि आउँदैन । मलाई श्रीमान होइन साहारा चाहिन्छ, सबैलाई त्यही हो । श्रीमान भएर पनि साहारा भएन भने त्यसको अर्थ हुँदैन । मेरो भाग्यमा मैले विवाह गर्छु, कतिवटा गर्छु, के हुन्छ भन्ने कुरा म भन्नै सक्दिनँ । त्यो खुल्ला छ, भोली स्वेताको लाइफमा को आउँछ को आउँदैन मलाई थाहा छैन ।’ उनले अन्तर्वार्ताको क्रममा चाँडै नयाँ चलचित्र लिएर दर्शकमाझ आउने पनि बताएकी छिन् ।