करीना र सैफको बीचको जर्बजस्तर केमिस्ट्रीेलाई देखेर नै बलीउडमा यो जोडीलाई सैफीना भन्ने गरिएको हो । तर यो केमिस्ट्रीम बन्नुभन्दा पहिला करीनाले सैफ अली खानलाई दुई पटक रिजेक्टी गरेकी थिइन । उनले यो कुरा हालै एक टिभी शोको दौरान बताएकी छिन् ।
करीनाले भनिन्, ‘सैफले मलाई पेरिसमा दुई पटक प्रपोज गर्नुभएको थियो । सैफकी आमा र उहाँको पिताले पनि पेरिसमै प्रपोज गर्नुभएको कारण सैफले मलाई दुई पटक प्रपोज गर्नुभएको थियो । तर दुई पटक नै उहाँ घुँडा टेकेर बस्नुभएको थिएन, त्यसैले मैले रिजेक्ट गरेको थिए । यसपछि पनि उहाँले मान्नु भएन । उहाँले फेरी होटलमा पुगेर प्रपोज गर्नुभयो अनि त्यसपछि चाहिँ मैले भने कि म सोचेर भन्छु । मैले त्यसको दुई दिनपछि हुन्छ भनें ।’ बताइदिउँ कि करीना यसै बर्ष आमा बन्दैछिन् ।