टाइगर श्राफकी कथित गर्लफ्रेण्ड दिशा पाटनी रणबीर कपूरसँग विवाह गर्न चाहिन्छन् । यति मात्र होइन, उनी टाइगरलाई मार्न पनि चाहिन्छन् । दिशाले टाइगरलाई मार्न भने रियलमा चाहेकी होइनन्, एक अन्तर्वार्ताको दौरानमा उनले फन्नी अन्दाजमा यसो भनेकी हुन् । अन्तर्वार्ताको दौरानमा उनलाई सोधिएको थियो कि उनी कसलाई मार्न, कोसँग बिहे गर्न र कोसँग हुकअप हुन चाहन्छिन् ? दिशालाई अन्तर्वार्ताकर्ताले यि तीन अप्शन दिएका थिए । रणबीर कपूर, वरुण धवन र टाइगर श्राफ। दिशाले जबाफ दिइन कि उनी रणबीरसँग बिहे, टाइगरलाई मार्न र वरुण धवनसँग हुकअप गर्न चाहिन्छन् ।
किन टाइगरलाई मार्न चाहिन्छन् दिशा ?
दिशाले अन्तर्वार्तामा यो पनि बताएकी छिन् कि आखिर किन उनी टाइगरलाई मार्न चाहिन्छन् । उनले भनिन्, ‘म टाइगरलाई यस कारण मार्न चाहन्छु, किनकी उसको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदा-दिँदा म हैरान भइसकेको छु ।’ हाल दिशाले अभिनय गरेको चलचित्र ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’ प्रदर्शन भइरहेको छ । उनले यही चलचित्रबाट बलीउडमा येव्यू गरेकी हुन् । उनको र टाइगर श्राफको अफयेरको हल्ला लामो समयदेखी चलिरहेको छ ।