गएको १४ महिना देखी यो कुराले दर्शकहरुलाई हैरान बनाइरहेको छ कि कटप्पाले बाहुबलीलाई किन मारे ?’ शायद यसको जबाफ पाउनका लागी अझै दर्शकहरुले ७ महिना पर्खिनु पर्ने भएको छ । तर बाहुबलीको क्रू मेम्बर्सलाई भने यसको जबाफ ५ बर्षदेखी नै थाहा छ । एक अन्तर्वार्तामा राणा दग्गुबतीले भने-‘हाम्रो फिल्मसँग जोडिएका हरेक सदस्यलाई यो कुरा ५ बर्षदेखी नै थाहा छ कि कटप्पाले बाहुबलीलाई किन मारे’ ? यो उनका लागी सामान्य कुरा हो । फिल्मसँग आबद्ध सबैलाई ‘बाहुबली’ को स्टोरी निकै राम्रोसँग थाहा छ । खबरका अनुसार, पाँच बर्ष पहिला नै फिल्मको कथा पूरा टीमलाई नै भनिएको थियो । सबै केही बर्ष अगाडीदेखी नै तयार गरिएको थियो, ताकि बाहुबलीको टीम यस कुराबाट कन्फ्यूजमा नरहोस् । यो फिल्मको दोस्रो पार्ट ‘बाहुबली : द कन्क्लुजन’ को बारेमा दग्गुबतीले भने- ‘यसमा त्यस्तो केही पनि छैन, जसलाई म सम्झन सकुँ । यसलाई पूरै विजुअली ट्रीट गरिएको छ । हेरेपछि सबै थाहा हुन्छ ।’ पछिल्लो पटक खबर आएको थियो कि निर्देशक एसएस राजामौलीले चार क्लाइमेक्स शूट गरेका थिए, ताकि लीक भएपनि दर्शकलाई सत्य क्लाइमेक्स थाहा नहोस् । यस क्लाइमेक्समा भने जबाफ दिइएको छ कि किन कटप्पाले बाहुबलीलाई मारे ?