अभिनेता अक्षय कुमारले ६ कक्षामा पढ्दै गर्दा पहिलो प्रेमको अनुभव लिएका थिए । ६ कक्षा पढ्दै गर्दा उनी मराठी भाषा पठाउने शिक्षिकाप्रति मोहित भएका थिए । विद्यार्थी र शिक्षकको सम्बन्धमा आधारित मराठी फिल्म‘कौल मनाचा’ को म्युजिक लन्चको अवसरमा अक्षयले आफ्नो अनुभव सेयर गरे ।
‘म जतिबेला ६ कक्षामा पढ्थें, मराठी पठाउने शिक्षिका मलाई साह्रै राम्री लाग्थ्यो’ अक्षयको भनाइ अनुसार उनका साथीहरूलाई पनि उनको प्रेमयात्राबारे जानकारी थियो । उनी भन्छन्, ‘जब मैले आइ लभ यु भन्दै विवाहको कुरा गरें मलाई दुई दिनका लागि स्कुलबाट निकालियो ।’ मराठी फिल्मलाई हिन्दी फिल्मभन्दा पनि ठूलो उद्योगका रूपमा बुझेका छन्, अक्षयले । उनको भनाइअनुसार मराठी फिल्म सानो बजेटमा बन्छ तर राम्रो आम्दानी गर्छ ।