कार्तिक १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘उमंग’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा बैदेशिक रोजगारीमा जाने एक यूवकको दर्दनाक कथा समेटिएको छ । हास्य कलाकार शिव शर्माद्वारा निर्देशित चलचित्र ‘उमंग’ मा बिनिता बराल र कुमार बिसीको मुख्य भुमिका रहेको छ । यो चलचित्रले बैदेशिक रोजगारीमा नेपाली युवाले गरेको संघर्ष र पाएको दुखलाई देखाएको छ । चलचित्रलाई रबिन्द्र बरालले छायांकन, अर्जुन जी.सी.ले सम्पादन गरेका छन् । चलचित्रको ८० प्रतिशत सुटिङ दुबई र बाँकी २० प्रतिशत नेपालमा गरिएको हो । चलचित्रमा विनिता बराल बराल दुबईकी एक मुस्लिम युवतीको भुमिकामा देखिएकी छिन्, जसको नेपाली युवकसँग माया बस्छ ।