गएको बर्ष फिल्म ‘बाहुबली’ को स्पेशल इफेक्ट्सले हलीउड फिल्मलाई पनि पछाडी छोडिदिएको थियो । त्यसपछि मान्छेहरु यो सोधिरहेका छन् कि ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे’ ?
अब फिल्मको सीक्वलको शूटिंग अहिले चलिरहेको छ । मेकर्सले हालैमा फिल्मको अफिसियल लोगो रिलीज गरेको छ । फिल्मका डायरेक्टर एस.एस. राजमौलीले लोगो रिलिज गर्दै भने -‘हामी डिसेम्बरसम्ममा फिल्मको छायाँकन सकाउने तयारीमा छौं । केही सीन र दुई गीत अब बाँकी छ । २८ अप्रिल २०१७ मा रिलिज हुनेछ ।’
राजमौलीले ट्वीट गर्दै भने कि ‘बाहुबली २’ को फस्र्ट लुक २२ अक्टोबरको प्रभासको बर्थडेमा रिलिज गरिनेछ । फिल्ममान प्रभास, राणा डग्गुबत्ती, तमन्ना भाटिया र अनुष्का शेट्टी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।