टेलिभिजन इन्डस्ट्रीमा दुश्मन बनेका गौहर खान र कुशाल टंडनले आफ्नो सम्पूर्ण मतभेद भुलेर के फेरी साथी बनेका हुन् ? तपाईहरु यो सोचिरहनु भएको होला कि हामीलाई यस बारेमा कसरी थाहा भयो ? त्यसो भए बताइदिउँ कि यो टुटिसकेको जोडी अहिले एकअर्कासँग नजिक हुँदैछन् । कुशाल र गौहरले एकअर्कालाई इन्स्टाग्राममा फलो गरेका छन् । बताइदिउँ कि यसभन्दा पहिला, एक इन्टरव्यूमा कुशालले भनेका थिए कि आफु र गौहर साथी होइन र न कहिले हुन नै सक्छौं । त्यसपछि गौहरले ‘स्नैपचैट’ गरेर भनिन्, ‘यो पढेर निकै निराश भइरहेको छ कि कोही आफु खुसीमा रहन तपाईको नामलाई हतियार बनाइरहेका छन् ।’ त्यसपछि त झन कुशालले निकै कडा उत्तर फर्काए तर हालैमा उनीको सम्बन्धले नयाँ मोड लिएको अनुमान लगाउन सकिन्छ ।