श्रीदेवी र बोनी कपूरकी ठूली छोरी जाह्नवी कपूर चाँडै ठूलो पर्दामा देखिदैछिन् । रिपोर्ट्सको खबरलाई मान्ने हो भने अपकमिंग फिल्म ‘शिद्दत’ मा उनले आलिया भट्टलाई रिप्लेस गर्दैछिन् । करन जौहरको प्रोडक्शन र अभिषेक वर्मनको डायरेक्शनमा बन्ने यो फिल्ममा पहिला आलिया भट्टलाई तय गरिएको थियो । तर विविभ कारणले अब उनको ठाउँ जाह्नवीले लिने भएकी छिन् । जाह्नवीले यो बर्षको ६ मार्चमा आफ्नो १९ औं जन्मदिन मनाएकी थिइन । अहिले उनी लस एंजिलिसको ‘द ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म इन्स्टीट्यूट’ मा अभिनय कोर्ष गरिरहेकी छिन् । पहिला यो पनि खबर बाहिर आएको थियो कि जाह्नवी करन जौहरको ‘स्टूडेन्ट अफ दी ईयर २’ बाट डेव्यू गर्दैछिन् । तर यो कुराको अहिलेसम्म अफिसियल पृष्टि भने भएको छैन ।