हालैमा भनिएको थियो कि कटप्पा आज कुनै पहिचानको दासी होइन । उनको असली नाम सायदै थाहा नहोला तर कटप्पा नाम सुन्ने वितिक्कै कुनै याद दिलाउन आबश्यक नै रहदैन् । हिजो सोमबार आफ्नो जन्मदिन मनाएका उनी ६२ बर्षमा लागेका छन् । ३ अक्टोबर १९५४ मा जन्मिएका कटप्पाको असली नाम सत्यराज हो । उनी चेन्नई, तमिलनाडु, भारतको एक तमिल फिल्म अभिनेता र मीडिया व्यक्तित्व हुन् । तमिल कार्यकर्ता र राजनीतिक रूपमा प्रभावशाली हुँदा हुँदैपनि उनले सय भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन् । २०१५ को ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा ऐतिहासिक भुमिका निर्वाह गरेका सत्यराजले आफु्नो भुमिकालाई यस्तो जिवन्त गरेका छन् कि अब मान्छेहरु उनलाई कटप्पाको नामबाट चिन्ने गरेका छन् । ‘बाहुबली’ फिल्ममा कटप्पाले बाहुबलीको भुमिका निर्वाह गरेका प्रभासलाई मारेपछि अहिले यही कुराले यसको सिक्वेल ‘बाहुबली २’ लाई प्रतिक्षित समेत बनिरहेको छ ।