साधारण मानिस कति वर्षसम्म स्वस्थ जीवन बिताउन सक्षम होला? भारतको वाराणासीमा बस्ने बाबा शिवानन्द १२० वर्षको पनि तन्दुरुस्त जीवन बिताइरहेका छन्।
बिबिसि हिन्दीमा प्रकाशित समाचारअनुसार उनको जन्ममिति सन् १८८६ हो।
उनको तन्दुरुस्त जीवनको पछाडिको रहस्य साधारण खानपिन र नियमित दैनिकि नै हो। उनी हरेक दिन बिहान तीन बजे आफ्नो दैनिकी सुरु गर्छन्। नुहाएर एक घण्टा योग गर्छन् र उसिनेको आलु, अलिकित दालभात, दैनिक करेलको सब्जी र केही निमका पात उनको नियमित खान्की हो।
उनी दूध र फलफूल पनि खाँदैनन्। भारतमा अझै धेरै गरीबहरू नियमित दूध र फलफूल खाने अवस्थामा नहरेकाले आफूले दूध र फलफूल नखाएको उनी बताउँछन्।
उनी अहिले आफ्ना कही शिष्यहरुका साथ वाराणसीमा बस्ने गरेका छन्। -एजेन्सी वाराणसी(भारत)