फिल्म ‘सानदार’मा काम गरेपछि अभिनेता साहिद कपुर र अभिनेत्री आलिया भट्टको सम्बन्ध धेरै बलियो बन्यो । कतिसम्म भने यी दुईबीचको सम्बन्धबारे अनेक फिचर गरिए । अन्तर्वार्तामा उनीहरूको सम्बन्धबारे सोधियो । उनीहरू पनि एक–अर्काका घरमा बारम्बार जान आउन थाले । यही क्रममा आलिया केही दिनअघि मात्र साहिदको घरमा पुगिन् । साहिद र साहिदपत्नी मीरा उनी आएपछि खुसी भए । यी तीनको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । खासमा आलिया साहिदको घरमा साहिदकी छोरी मिसालाई भेट्न पुगेकी हुन् । तर, साहिदले यसअघि बताएजस्तै मिसाका तस्बिर भने सार्वजनिक गरिएका छैनन् । अहिले आलिया ‘बद्रिनाथकी दुल्हनिया’को सुटिङमा व्यस्त छिन् ।