बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री अमृता सिंह २९ वर्षपछि फेरि एउटै पर्दामा देखिने भएका छन् । यसअघि उनीहरूले अभिनय गरेको फिल्म ‘ठिकाना’ सन् १९८७ मा रिलिज भएको थियो । आगामी वर्ष आउने फिल्म ‘मुबारकाँ’मा यी दुईले स्क्रिन सेयर गर्न लागेका हुन् । अनिस बज्मीको फिल्ममा यी दुई दिदीभाइको भूमिकामा देखिन लागेका हुन् । केही समयदेखि यस विषयमा चर्चा चलिरहेको थियो, तर अब अनिल आफैँले यसको पुष्टि गरेका छन् । अनिलले भनेका छन्, ‘म अमृतासँग तीन दशकपछि काम गर्न उत्सुक छु । तर, थोरै डराएको पनि छु । किनकि अमृतालाई मेरोबारे सबै कुरा थाहा छ । मलाई डर किन पनि लागिरहेको छ भने कतै सेटमा उनले मेरा भतिजा (अर्जुन कपुर) सँग सबै कुरा भनिदिने त होइनन् ?’