गएको बर्ष प्रदर्शनमा आएको ‘बाहुबली’ को दोस्रो पार्टको अहिले चर्चा व्यापक छ । एसएस राजामौलीको यो मेगा बजेट फिल्ममा भल्लाल देवको भुमिका निर्वाह गरेका राणा दग्गुबतीको नयाँ लुक हालै बाहिर आएको छ । जसमा उनको बडी पहिलाको भन्दा कयौं गुना विशाल देखिएको छ । ट्रेनर कुणाल गिरसँग फोटो पोस्ट गर्दै उनले ट्वीट गरेका छन्, “Here goes the new and improved me!! #BiggerMeanerStronger for @BaahubaliMovie with @KunalGir”
रिपोर्ट्सका अनुसार, राणाले ५ महिनाको ट्रेनिंगपछि यस्तो स्ट्रांग बडी बनाएका हुन् । उनी दैनिक २ घण्टा ट्रेनिंग गर्ने गर्थे, जसमा वेट ट्रेनिंग र कार्डियो सहभागी थिए । ट्रेनिंगको साथ साथै उनी स्ट्रिक्ट डाइटको पनि फलो गर्दैछन् । उनी प्रोटीन फूड लिइरहेका छन् र अयली चिजहरु सेवन गर्नबाट भने बचिरहेका छन् । टीमले उनको डाइटमा निकै ध्यान दिइरहेको छ ।
फिल्मका लागि घटाए र बढाए तौल
खबरका अनुसार, राणाले फिल्मको दुई अलग-अलग हिस्सामा आफ्नो तौल घटाउने र बढाउने गरेका छन् । उम्रदराज भल्लाल देवको लुकमा स्ट्रांग देखिनका लागि, उनले १०८-११० किलो तौल बढाएका छन् । उनी जवान लुकमा केही दुब्लो देखिएका छन्, जसमा उनको तौल ९२-९३ थियो ।