सीजी इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको ‘लक्स कामना फिल्म अवार्ड २०७३’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । गतबर्ष भूकम्पका कारण वितरण नगरिएको कामना अवार्ड वि.सं २०७१ सालमा पहिलो पटक आयोजना भएको थियो । २६ विधामा वितरण गरिने अवार्ड लोकप्रिय १८ विधामा दर्शकको एसएमएस मतका आधारमा सर्वोत्कृष्ट चलचित्र तथा कलाकारको छनौट गरिने कामनाले जनाएको छ । कामनाका अनुसार यी १८ विधाका अवार्डमा ९० प्रतिशत निर्णायकबाट र १० प्रतिशत मत एसएमएसबाट लिइनेछ ।
उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हाँस्य कलाकार, सह-अभिनेता, सह-अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, बालकलाकार, कोरियोग्राफी र द्धन्द्ध निर्देशक विधाको एसएमएस मतका लागि बिहीबारबाट भोटिङ खुला हुने पनि आयोजकले जानकारी गराएको छ । प्राविधिक विधामा भने निर्णायक मण्डलको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिनेछ ।
त्यस्तै कामना अवार्डले २ जना चलचित्रकर्मीलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा दीर्घ योगदान सम्मान प्रदान गर्ने भएको छ । यसैगरि, निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक चलचित्र, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । आयोजक कामना न्यूज पब्लिकेसन्स्द्धारा जारी प्रेस विज्ञप्तीमा संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड प्रदान गरिने पनि उल्लेख गरिएको छ ।
यस बर्षको कामना अवार्डमा चलचित्र ‘नाई नभन्नु ल ४’ सर्वाधिक २१ विधामको मनोनयमा परेको छ भने ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर ६’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधामा मनोनयमा परेको छ । विकासराज आचार्यद्धारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ४’ उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, हास्य कलाकार, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नवअभिनेता र नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी, द्धन्द्ध, कथा, पटकथा, संवाद, छायाँकन, पाश्र्व संगीत, श्रृंगार, ध्वनि मुद्रण र सम्पादन गरी २१ विधाको मनोनयनमा परेको छ । यो चलचित्रबाट नवअभिनेत्रीमा २ नयाँ अनुहार मनोनयनमा परेका छन् ।
त्यस्तै उत्कृष्ट नायकको विधामा ‘पशुपतिप्रसाद’ बाट खगेन्द्र लामिछाने, ‘क्लासिक’ बाट आर्यन सिग्देल, ‘कबड्डी कबड्डी’ बाट दयाहाङ राई, ‘ड्रिम्स’ बाट अनमोल केसी र ‘फन्को’ बाट सौगात मल्ल मनोनयनमा परेका छन् ।
लक्स कामना अवार्डस् २०७३ मनोनयन सूचि :-
उत्कृष्ट चलचित्र
प्रेम गीत
ड्रिम्स
पशुपतिप्रसाद
नाई नभन्नु ल ४
क्लासिक
चलचित्र उत्कृष्ट निर्देशक
वडा नम्बर ६ – उज्वल घिमिरे
नाई नभन्नु ल ४ – विकासराज आचार्य
पशुपतिप्रसाद – दिपेन्द्र के खनाल
प्रेम गीत – सुदर्शन थापा
क्लासिक – दिनेश राउत
चलचित्र उत्कृष्ट अभिनेता
पशुपतिप्रसाद – खगेन्द्र लामिछाने
क्लासिक – आर्यन सिग्देल
कबड्डी कबड्डी – दयाहाङ राई
ड्रिम्स – अनमोल केसी
फन्को – सौगात मल्ल
चलचित्र उत्कृष्ट अभिनेत्री
प्रेम गीत – पूजा शर्मा
भाग सानी भाग – केकी अधिकारी
फागु – शील्पा पोखरेल
वडा नम्बर ६ – प्रियंका कार्की
क्लासिक नम्रता श्रेष्ठ
चलचित्र उत्कृष्ट खलपात्र
प्रेम गीत – राजाराम पौडेल
फन्को – अनुप बराल
भैरव – मुरलीधर
फागु – वसन्त भट्ट
पशुपतिप्रसाद – बिपिन कार्की
चलचित्र उत्कृष्ट हास्य कलाकार
नाई नभन्नु ल ४ – शिशिर भण्डारी
वडा नम्बर ६ – सिताराम कट्टेल
अधकट्टी – विल्सन विक्रम राई
वडा नम्बर ६ – केदार घिमिरे
सुश्री – राजाराम पौडेल
चलचित्र उत्कृष्ट सह-अभिनेता
फन्को – दयाहाङ राई
रेशम फिलीली – कामेश्वर चौरासिया
फागु – टिका पहाडी
प्रेम गीत – सरोज खनाल
वडा नम्बर ६ – जितु नेपाल
चलचित्र उत्कृष्ट सह-अभिनेत्री
भाग सानी भाग – गीता अधिकारी
कबड्डी कबड्डी – अरुणा कार्की
वडा नम्बर ६ – दीपाश्री निरौला
रिफ्यूजी – विपना बस्नेत
क्लासिक – प्रियंका कार्की
चलचित्र उत्कृष्ट संगीतकार
नाई नभन्नु ल ४ –माग्ने बनायौ वसन्त सापकोटा
ड्रिस– तिमी सामू रोदित विशेष
वडा नम्बर ६– सुर्के थैली खै राजनराज शिवाकोटी
प्रेम गीत– म यस्तो गीत गाउँछु अर्जुन पोखरेल
क्लासिक– हारेँ हारेँ ताराप्रकाश लिम्बु
चलचित्र उत्कृष्ट गीत रचना
क्लासिक– हारेँ हारेँ (दिनेश राउत)
नाई नभन्नु ल ४– माग्ने बनायौं (डा. कृष्णहरी बराल)
प्रेम गीत– म यस्तो गीत गाउँछु (अर्जुन पोखरेल)
ड्रिम्स– तिमी सामु (रोदित विशेष)
प्रेम गीत– म त अलपत्रै पर्छु डा. कृष्णहरी बराल
चलचित्र उत्कृष्ट पाश्र्व गायक
प्रेम गीत– म त अलपत्रै पर्छु (स्वरुपराज आचार्य)
वडा नम्बर ६– सुर्के थैली खै (राजनराज शिवाकोटी)
क्लासिक– हारेँ हारेँ (युवराज चौलागाई)
ड्रिम्स– तिमी सामु (रोदित विशेष)
नाई नभन्नु ल ४– माग्ने बनायौ (प्रल्हाद तिमिल्सिना)
प्रेम गीत– म यस्तो गीत गाउँछु (सुगम पोखरेल)
चलचित्र उत्कृष्ट पाश्र्व गायिका
वडा नम्बर ६–सुर्के थैली खै (अञ्जु पन्त)
प्रेम गीत–म यस्तो गीत गाउँछु (अञ्जु पन्त)
क्लासिक–सुनौलो हर दिन (मेलिना राई)
प्रेम गीत–म त अलपत्रै पर्छु (अञ्जु पन्त)
नाई नभन्नु ल ४–माग्ने बनायौ (इन्दिरा जोशी)
चलचित्र उत्कृष्ट नव-निर्देशक
रेशम फिलीली – प्रणव जोशी
भैरव – निखिल उप्रेती
ड्रिम्स – भुवन केसी
चकलेट – निर्मल शर्मा
धौली – घनश्याम लामिछाने
चलचित्र उत्कृष्ट नव-अभिनेता
कैफियत – शंकर शाही ठकुरी
चंखे शंखे पंखे – प्रेम पुरी
फागु – सुभास पराजुली
नाई नभन्नु ल ४ – पल शाह
होष्टल रिर्टन्स – शुशिल श्रेष्ठ
चलचित्र उत्कृष्ट नव-अभिनेत्री
ड्रिम्स – सामाज्ञ्री राज्य लक्ष्मी शाह
नाई नभन्नु ल ४ – वर्ष राउत
सुश्री – आशिका तामाङ
नाई नभन्नु ल ४ – आँचल शर्मा
काफल पाक्यो – वर्षा राउत
चलचित्र उत्कृष्ट बाल कलाकार
चकलेट – तेजश्वी स्त्री
नाई नभन्नु ल ४ – अनुभव रेग्मी
क्लासिक – सिमाना कोईराला
धौली – गोपाल भट्टराई
वागमती – कञ्जन ठकुरी
चलचित्र उत्कृष्ट कोरियोग्राफर
वडा नम्बर ६– सुर्के थैली खै शंकर बिसी
फागु– सिन्दुरी सिन्दुरी कमल राई
प्रेम गीत– म यस्तो गीत गाउँछु रेनेशा वान्तवा राई
ड्रिम्स– तिमी सामु कविराज गहतराज
नाई नभन्नु ल ४– माग्ने बनायौ कविराज गहतराज
चलचित्र उत्कृष्ट द्धन्द्ध निर्देशन
पशुपतिप्रसाद – सुर्य थोकर
नाई नभन्नु ल ४ – हिमाल केसी
भैरव – हिमाल केसी
ड्रिम्स – चन्द्र पन्त
वडा नम्बर ६ – रोशन श्रेष्ठ
चलचित्र उत्कृष्ट कथा
नाई नभन्नु ल ४ – विकासराज आचार्य-सामपिम्पयराज तिमिल्सिना
क्लासिक – छेतेन गुरुङ
पशुपतिप्रसाद – दिपेन्द्र के खनाल
प्रेम गीत – सुदर्शन थापा
ड्रिम्स – सामिप्यराज तिमिल्सिना
चलचित्र उत्कृष्ट पटकथा
पशुपतिप्रसाद – खगेन्द्र लामिछाने
ड्रिम्स – सामिप्यराज तिमिल्सिना
क्लासिक – छेतेन गुरुङ
प्रेम गीत – रामशरण पाठक
नाई नभन्नु ल ४ – विकासराज तिमिल्सिना-सामिप्यराज तिमिल्सिना
चलचित्र उत्कृष्ट संवाद
पशुपतिप्रसाद – खगेन्द्र लामिछाने
क्लासिक – छेतेन गुरुङ
वडा नम्बर ६ – दीपकराज गिरी
कबड्डी कबड्डी – रामबाबु गुरुङ-उपेन्द्र सुब्बा
नाई नभन्नु ल ४ – विकासराज आचार्य-सामिप्यराज तिमिल्सिना
चलचित्र उत्कृष्ट उत्कृष्ट छायांकार
क्लासिक – राजेश श्रेष्ठ
नाई नभन्नु ल ४ – पुरुषोत्तम प्रधान
पशुपतिप्रसाद – निरज कडेल
प्रेम गीत – राजेश श्रेष्ठ
ड्रिम्स – पुरुषोत्तम प्रधान-सञ्जय लामा
चलचित्र उत्कृष्ट पाश्र्व संगीत
ड्रिम्स – शैलेश श्रेष्ठ
नाई नभन्नु ल ४ – एलिष कार्की
क्लासिक – रोहित शाक्य-शैलेन्द्र श्रेष्ठ
प्रेम गीत – एलिष कार्की
पशुपतिप्रसाद – जेशन कुँवर
चलचित्र उत्कृष्ट श्रृंगार
प्रेम गीत – निमा लामा
वडा नम्बर ६ – शंकर थापा
नाई नभन्नु ल ४ – श्याम बराल
ड्रिम्स – निमा लामा
पशुपतिप्रसाद – शमशेर लामा
चलचित्र उत्कृष्ट ध्वनि मुद्रण
नाई नभन्नु ल ४ – मुकेश शाह
वडा नम्बर ६ – सुनयमान श्रेष्ठ
क्लासिक – अमित श्रेष्ठ
भाग सानी भाग – अमित श्रेष्ठ
ड्रिम्स – उत्तम न्यौपाने
चलचित्र उत्कृष्ट सम्पादन
पशुपतिप्रसाद – दिर्घ खड्का
प्रेम गीत – सुरेन्द्र पौडेल
नाई नभन्नु ल ४ – अर्जुन जिसी
क्लासिक – सुरेन्द्र पौडेल
ड्रिम्स – बनिष शाह-मिलन श्रेष्ठ