बलिउड स्टार सैफ अलि खानकी सुपुत्री सारा खान करण जोहरको चर्चित फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ बाट डेब्यू गर्ने चर्चा र खबरहरू निकै भाइरल बनेका थिए । तर केही दिन अगाडी मात्र साराले उक्त फिल्म छाडेको खबर पनि बाहिर आएको थियो । साराले यसरी फिल्म छाड्नुमा उनीमाथी सर्त तेर्स्याइनु हो। सो सर्तका अनुसार उनले ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीमा भर्ति हुनुपर्थ्यो। यस्ता एजेन्सीले कलाकारहूको व्यवसायोक मामिलाहरू हेर्ने गर्छन्। साराकी आमा एवम् अभिनेत्री अमृता सिंहले यसमा आपत्ति जनाउँदै अस्विकार गरिन्। अन्तत ःसाराले फिल्म छाडिन्।