अष्टनारायण पिक्चर्सले निर्माण गर्न लागेको चलचित्र ‘हिटलर’ का लागि नायिका फाइनल गरिएको छ । लामो समयदेखि निर्माणपक्ष चलचित्रका लागि नायिका खोजीमा थियो तर कथावस्तु अनुसार नायिका नभेट्दा चलचित्रको छायाँकन सुरु हुन सकिरहेको थिएन । चलचित्रका लागि नायिकामा समिया बर्तौलालाई फाइनल गरिएको हो । धेरै यूवतीको अडिसनपछि मोडल समियालाई फाइनल गरिएको चलचित्रका निर्देशक सौरभ ढकालले जानकारी दिए । समिया केही बर्षदेखी मोडलिङ क्षेत्रमा सक्रिय छिन् । उनको यो डेव्यू चलचित्र हो ।
यसअघि चलचित्रको प्रमुख भुमिकामा शोहित मानन्धर फाइनल भइसकेका छन् । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । दशैपछि चलचित्रको छायांकन सुरु हुने चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् । लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् ।