प्रदर्शन मिति सार्वजनिक गरेरपनि पुन पोस्ट पोन्ड गरिएको चलचित्र ‘द विनर’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर हेर्दा चलचित्र हलीउडस्तरको बनेको अनुमान लगाउन सकिन्छ । चलचित्रको ट्रेलरमा मेकिङ्ग राम्रै सँग झल्किएको छ । ट्रेलरमा कलाकारहरुले बोलेको संवाद देखी चलचित्रको खिचाइले ‘द विनर’ दर्शकहरुका लागि प्रतिक्षित बन्न सक्ने पक्का छ । सार्बजनिक ट्रेलरमा फिल्मका मुख्य नायक नायिका महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य,राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिईएको छ । हिक्मत बिष्ट निर्देशित तथा ट्रेलर, दुबई र नेपालमा छाँयाकन गरिएको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुषोतम प्रधानले खिचेका हुन ।