बलीउड कलाकारहरु पत्रकार थर्काउन माहिर छन् । बेला बखतमा बलीउड कलाकारहरुले पत्रकार थर्काएको खबरहरु सुन्न पाइरहन्छ । त्यस्तै बलीउड अभिनेत्री कैटरीना कैफ र फोटोपत्रकारको सम्बन्ध लामो समयदेखी राम्रो छैन । बलीउड अभिनेता रणवीर कपुरसँगको सम्बन्धमा पूर्णविराम लागेपछि कैटरीनाले बारम्बार फोटोपत्रकारहरुलाई थर्कारहेकी छिन् । भन्ने गरिन्छ, कैटरीना र फोटोपत्रकारको सम्बन्ध ३६ को आँकडामा रहेको छ । फोटो पत्रकारसँग बारम्बार झगडा गर्दै आइरहेकी कैटरीनाले फेरी यही घटना दोहोर्याएकी छिन् ।
केही दिन अगाडी क्रटरीनाले विश्वयात्रा सुरु गर्नु भन्दा अगाडी रिहर्सल गरिरहेकी थिइन । त्यहाँ उनी अचानक विरामी परिन् र उनले चिकित्सकलाई बोलाइन । त्यही नै बेला उनलाई फोटोपत्रकारहरुले घेरिहाले र प्रश्न सोध्न सुरु गरे । उनले विरामी हुँदाहुँदै पनि पत्रकारलाई थर्काउँदै भनिन्, ‘तपाईंहरूविरुद्ध म मुद्दा हाल्छु ।’ उनले यो पहिलो पटक पत्रकारहरुलाई थर्काएकी भने होइनन ।