हलिउड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटवीच सम्बन्ध विक्षेद भएको खबरले अहिले सञ्चारमाध्यमहरु निकै तातेका छन् । गत महिना जोलीले पिटसँग डिर्भोस गर्ने मुद्दा दायर गरेसँगै दुईबीचको सम्बन्धबारे निकै चर्चा भइरहेको छ।
केही समयअघि जोलीले पिटको नम्बर ब्लक गरेका समाचार आएको थियो भने अहिले फेरि उनले ब्राडसँग सम्बन्धीत सबै ट्याटु हटाउन चाहेको खबर आएको छ।
उनले आफ्नो वरिपरि ‘कुनै किसिमको नकारात्मक कुरा’ नहोस् भन्दै सकेसम्म चाँडो पिटसँग सम्बन्धीत ट्याटु हटाउन चाहेको बताइएको छ।