निर्माता करन जोहरलाई आफ्नो पहिलो सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ थुप्रै गल्तीका साथ वेबफूफीले भरिएको फिल्म भएको अनुभूति भएको छ।
करनले एक कार्यक्रममा बोल्दै भनेका छन्, ‘यसलाई मलाई सायदै दोहोर्याउँला। मलाई त यो फिल्म मनपर्छ तर मेरा बच्चाहरुले गर्दैनन्।’ करनका अनुसार त्यो बेला फिल्ममा भएका सबैकुरा दर्शकले मनपराए पनि अहिले सबै परिवर्तन भएको छ। उनले भने, ‘त्यो बेला हामी प्रेम मित्रता हो भन्थ्यौँ र त्यही थीममा मैले आजको जमानाको स्टुडेन्ट अफ दी इयर बनाएको हुँ।’
उनले ‘कुछ कुछ होता हे’ बारे बोल्दै भनेका छन्, ‘आज मलाई यो फिल्म हेर्दा मैले धेरै गल्ती गरेको देख्छु। साँच्चै भन्दा यो फिल्म असामान्य र वेबफूफीले भरिएको थियो।’ १८ वर्ष पहिले रिलीज भएको यो फिल्मले करनलाई बलीउडमा स्थापित गराएको थियो।