केही दिनअघि बलीउडकी चल्तिकी अभिनेत्री आलिया भट्ट महेन्द्र सिंह धोनीको जिवनीमा आधारित चलचित्र ‘एमएस धोनीः द अन्टोल्ड स्टोरी’ हेर्न पुगेकी थिईन् । उनी चलचित्र हेर्न साथीहरुका साथ सर्ववन थिएटर पुगेकी थिइन् । जव उनी हलबाट बाहिर निस्किइन्, उनलाई पत्रकारहरुको समुहले घेरा हाल्यो । उनी रमाइलोसँग पत्रकारहरुलाई फोटोका लागि विभिन्न पोज दिइरहेकी थिइन् । तथापी पत्रकारहरुको प्रश्नको उत्तर दिने भने उनीभित्र कुनै चाहा थिएन ।
तर पत्रकारहरु न परे । चल्तिकी नायिकालाई कुनै प्रश्न सोध्न किन पछि पर्थे । पत्रकारहरुले पनि नायिका भट्टसँग उनका पूर्वप्रेमीका बारेमा प्रश्न गरे । जब पत्रकारहरुले सिद्धार्थ मल्होत्राका बारेमा प्रश्न त्यर्सयाए, तब आलिया अक्क न वक्क भइन् । उनीहरुले सिद्धार्थ कट्रिनाका साथ विभिन्न कार्यक्रममा देखिएको भएपनि आलियाका साथ किन नदेखिएको भनी प्रश्न गरेका थिए ।
तर यी कुनै विषयमा पनि उत्तर दिन आवश्यक नठानेकी आलियाले पत्रकारहरुलाई कुनै जवाफ दिइनन् र आफ्नो बाटो लागिन् ।