अनिल कपुर छोरा हर्षबर्धन कपुरको फिल्म मिज्र्या हिजो शुक्रबारबाट रिलिज भएको छ । फिल्म मिज्र्याको रिलिज हुनुपूर्व यसको एक स्क्रीनिङ राखिएको थियो, जसमा सलमान खानका पिता सलीम खान र सौतेली आमा हेलनका साथै अर्जुन कपुर र उनकी बहिनी अंशुला पनि पुगेका थिए ।
अनिल कपुरका छोरा मात्र होइन्, उनको पूरै परिवार बलिउडमा एक्टीभ रहेको छ । अनिल कपुरका जानभी , खुशी, अंशुला र शनाया कपुर नामका चार जना भतिजी छन् भने अर्जुन र जहान नामका दुई भतिजा छन् ।
बलिउडीमा सक्रिय परिवार ?
माता—पिताः अनिल कपुरका पिता स्वर्गीय सुरेन्द्र कपुर बलिउडका सफल निर्माता हुन् । उनले ‘पुकार’, ‘नो एन्ट्री’, ‘जुदाई’, ‘हम पाच’, ‘वो सात दिन’जस्ता कयौ फिल्महरु निर्माण गरेका छन् । उनकी आमाको नाम निर्मल कपुर थियो ।
अनिल कपुरले सन् १९८४ मा विवाह गरेका थिए । उनका तीन जना सन्तान छन् । जसमा छोरी सोनम र रिया उनकी छटोरी हुन् । उनका एक छोरा हर्षबद्र्धन हुन् । सोनम बलिउडमा सफल नायिका हुन् भने रिया प्रोड्युसर हुन् ।
अनिलका जेठा भाई सफल प्रोड्युसर हुन । दोस्रोतर्फ बोनी कपुरकी पत्नी श्रीदेवी जो प्रसिद्ध नायिका हुन् । उनकी दुई छोरी जाह्रवी र खुशी हुन् । बोनीकी पहिली पत्नी मोना हुन्, जसबाट दुई बच्चा छन् अर्जुन कपुर अंशुला कपुर । अर्जुनको गन्ती बलिउडका सफल युवा स्टारमा हुन्छ ।
अनिलका कान्छा भाई संजय कपुर हुन् । सञ्जय बलिउडमा एक अभिनेताका रुपमा काम गरिसकेका छन् । अहिले उनी प्रोड्युसरका पनि चिनिन्छन् । संजयकी पत्नी महीप सन्धु हुन् । उनकी एक छोरी शनाया र छोरा जहान छन् ।
अनिल कपुरकी बहिनीको नाम रिना मारवाह हो, जसले सन्दीप मारवाहसँग विवाह गरेकी छन् । रिना फिल्मदेखि टाढै रहिन् तर उनका छोरा मोहित मारवाह फिल्म ‘फगली’ मार्फत बलिउडमा डेब्यु गरिसकेका छन् ।