५ बर्षपछि नेपाली चलचित्र ‘जय परशुराम’ मार्फत कमब्याक गरेका नायक विराज भट्ट यसअघि भोजपुरी चलचित्रमा व्यस्त थिए । हाल काठमाडौंमा नै रहेका विराज चाँडै पुनः भोजपुरी चलचित्रको छायाँकनमा व्यस्त हुँदैछन् । अब लगातार नेपाली चलचित्र खेल्ने बताएका विराज एक नेपाली चलचित्रको लागि र दशैं नेपालमा नै बनाउनका लागि नेपालमा नै रहेको बताइएको छ ।
एक्शनस्टारको छवि बनाएका विराज भट्ट र नायिका रेखा थापाको सम्बन्ध हामीले समाचार मार्फत व्यक्त गर्नै पर्दैन् किनकी उनीहरुको सम्बन्ध ३६ को आँकडामा छ । केही बर्ष अगाडी यि दुईको सम्बन्धमा राम्रै दरार आएको थियो । केही चलचित्रमा एकसाथ स्क्रिन शेयर समेत गरेका नायक भट्ट र नायिका रेखा थापा अहिले एकै कार्यक्रममा भेट भए पनि बोल्ने गर्दैनन् । अझ विराजको अगाडी त झन रेखा थापाको कुरा नै गर्नु हुन्न । एक अर्काका राम्रै दुश्मन बनिसकेका विराजलाई नायिका रेखा थापालाई बोल्न नै नआउने बताएका छन् । एक अन्तर्वार्ताको दौरानमा उनले भने -‘उहाँको कुरा गर्ने तरिका, शैली नै खराब छ । आफु बाहेक अरु कसैलाई नगन्ने, बोल्दा बिचार नपुर्याँई बोल्ने, त्यस्तो पनि कहिँ हुन्छ ? उहाँ अरुलाई डोमिनेट गरेर बोल्नुहुन्छ । एउटा कलाकार भइसकेपछि अर्को कलाकारको इज्जत गर्न जान्नुपर्छ ।’
उनले अगाडी थपे -‘रेखा थापालाई म भन्छु बोल्न आउदैन । मेरो सुझाब के छ भने कि तपाई बोल्दै नबोल्नुस् या त सिकेर बोल्नुस् । विराज भट्टलाई चानचुने नठान्नु होला, बिराज लम्केर भारतसम्म पुगिसकेको छ ।’