नायक निखिल उप्रेतीका दुइ श्रीमती छन् भन्ने त सबैलाई थाहा छ । पहिली श्रीमती कोपिला र एक छोरा हुँदाहुँदै उनले नायिका संचिता लुइटेलसँग दोश्रो बिहे गरेका थिए । संचितालाई बिहे गरेपछि उनी मुम्बई हानिए । ५ बर्षसम्म उतै बसे । बेला–बेलामा नेपाल आएर कोपिलालाई भेट गरेपनि निखिलले समय दिएनन् । एक छोरा र श्रीमती हुँदाहुँदै दोश्री श्रीमती बिहे गरेका उनले नारीलाई नरुवाएको दाबी गरेका छन् । उनले एक कार्यक्रममा आफुले नारीलाई नरुवाएको र सम्मान गर्ने बताए । निखिलले भने–‘हो, मैले गल्ती गरेको छु । मैले कुनै समय दुख दिएँ होला तर मेरो उद्देश्य यस्तो थिएन ।’
निखिलले आफूले दुई श्रीमती बिहे गरेपनि आफ्नो घर परिवार मिलाएको दाबी समेत गरेका छन् । उनले आफूले गल्ती गरेपनि त्यसलाई शानको रुपमा नलिने खुलाए । जबसम्म नारीको सम्मान हुँदैन तबसम्म मानिसलाई सुख प्राप्त नहुने उनको भनाई छ ।