सिमा क्षेत्रमा देखिएको भारत पाकिस्तान तनावको प्रभाव सिनेमा जगतमा पनि परेको छ । केही समय अघि भारतमा रहेका पाकिस्तानी कलाकारलाई भारत छोड्न धम्की दिइएको थियो भने पाकिस्तानका सिनेमा घरहरुले पनि भारतीय चलचित्र प्रदर्शनमा प्रतिवन्ध लगाउने बताइसकेका छन् । तर नसीरुद्दीन शाह अभिनित चलचित्र जीवन हात्ती भने प्रदर्शनमा आउनेभएको छ ।
यो चलचित्रमा शाहका साथमा अभिनय गरेकी पाकिस्तानी नायिका हिना लिपाजीरले चलचित्रले भारत र पाकिस्तानबीच देखिएको विवाद साम्य पार्न शान्तिदुतको भुमिका खेल्नसक्ने बताएकी छिन् ।
यो चलचित्र भारत–पाकिस्तान सहयोगमा निर्माण भएको हो । जसमा दुवै देशका तर्फबाट १२ चलचित्रकर्मीको योगदान रहेको छ ।
कलाकार हिनाले राजनीतिक विवाद राजनीतिक नेतृत्वबीचमा हुने भएकाले यसमा कलाकारहरुको कुनै हात नहुने बताइन् ।
फासिह बरी खानको लेखन, मीनु गौर र फरजद नबीको निर्देशनमा बनेको यो चलचित्र ४ नोबेम्बरमा रिलिज हुनेछ ।