बलीउड अभिनेता सलमान खानले मुम्बई हाइ कोर्टमा एक सय करोड भारतीय रुपैयाँ जरिवाना माग गर्दै मुद्दा हालेका छन्। उनले एक टिभी च्यानल विरुद्ध मानहानीको विरुद्ध मुद्दा हालेका हुन्। खासमा सलमानले सन् १९८८ को फिल्म ‘हम साथ साथ हे’ को सुटिङका बेला कृष्णसारको शिकारका विषयमा च्यानलले गरेको स्टिंग अपरेशनलाई लिएर यो मुद्दा दायर गरेका हुन्। यस अपरेशनको भिडियोमा केही मानिसले सलमानलाई कृष्णसारको शिकार गर्दै गरेको देखेको देखाइएको छ। तर पछि यी साक्षीहरुले बोली फेर्दै भिडियो झुटो भएको बताएका थिए। सलमानले यो भिडियोको कुनै पनि हिस्सा सार्वजनिक गर्न रोक्न अपील गरेका छन्।