चलचित्रले आम नागरिकको सोचाई परिर्वतनमा ठूलो भूमिका खेल्ने गर्छ । समाजमा रहेका गतिला संस्कृतिहरुको जर्गेना र विकृतिको अन्त्यका लागि सिनेमा पनि एउटा माध्यम हो । छुवाछुत होस् वा अन्र्तजातिय विवाह या बहुविवाह नै किन नहोस् सिनेमाले यसका विरुद्धमा आवाज उठाउँदै आएका छन् । फलस्वरुप यी कुराहरु अहिले समाजमा सामान्य मान्न थालिएका छन् । यसमा चलचित्रका नायक नायिकाको पनि ठूलो भूमीका छ । तर, बहुविवाहको विरुद्ध आवाज बुलंद गर्ने कतिपय नायिकाहरु भने दोश्रो श्रीमति बन्न पुगेका छन् । कसैले पूर्व श्रीमति नभएका श्रीमान् रोजेका छन् त कोहि सौतिनी भएका छन् ।
मिथिला शर्मा
अभिनेत्री मिथिला शर्मा सिने उद्योगकी निकै सफल अभिनेत्री हुन् । उनको नशा नशामा अभिनय दौडिरहेको छ । नृत्यमा अब्बल अभिनेत्री मिथिलाको अभिनयमा गहिराई भेटिन्छ । किनकी उनी निकै खुलेर अनि परिस्थीती अनुसारको माहो डुबेर अभिनय गर्छिन् । उनले धेरै सुपरहिट सिनेमामा काम गरेकी छिन् । उनले सुख दुख, निगरानी, सावधान लगायतका दर्जनौँ सिनेमामा काम गरेकी छिन् । उनले एक बर्ष अघिमात्रै नेपाल पुलीसका चिफ मोतीलाल बोहोरासँग विवाह गरीन् । उनी मोतीलालको घरमा दोस्रो पत्नी भएर भित्रिएकी हुन् । नेपाल पुलीस क्लबमा मिथिलाले नृत्य प्रस्तुत गर्दागर्दै उनीहरु एकअर्कालाई मन पराउन थालेका थिए । पहिले नै विवाहित मोतीलाल ७४ बर्षका भए भने मिथिलाले पनि पाँच दशक काटीसकेकी छिन् । पहिलो पत्नीको मृत्यु पछि मोतिलालले माथिलासँग विवाह गरेका हुन् ।
रेखा थापा
रेखा थापाले सिने क्षेत्रमा निकै हिम्मतवाली र सफल अभिनेत्रीको रुपमा ठाउँ बनाएकी छिन् । सफल र निरन्तर सक्रिय रेखाले आफ्नो वैवाहिक सम्बन्धलाई भने निरन्तरता दिन सकिनन् । उनी किशोर अवस्थामै रहँदा निर्माता छविराज ओझाकी तेस्रो श्रीमती बनिन् । उमेरको धेरै अन्तरका बाबजुद उनले छबिसँग वैवाहिक सम्बन्ध गाँसेकी थिईन् । तर सम्बन्धलाई टिकाउन भने सकीनन् । छबिसँगको सम्बन्ध टुटेपछी उनको नाम अभिनेता सुदर्शन गौतमसँग जोडीएको थियो । चलचित्र हिम्मतवालीका नायकसँगको उनको प्रेमको हल्ला निकै चल्यो । तर पछि यो हल्ला विस्तारै सेलाउदै गयो ।
सञ्चीता लुईटेल
३२ बर्षिय अभिनेत्री सञ्चीता लुईटेलले सन् २००९ मा अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी हुन् । दोश्रो विवाह गरेकी संचीता निखिलको घरमा पनि दोस्रो श्रीमति भएर भित्रिएकी थिईन् । पहिले नै विवाहित निखिल र संचीताको प्रेम विवाह भएको थियो । निखिलले संचीतासँग विवाह गर्नु पहिला नै उनको जेठि श्रीमतिको सन्तान भईसकेको थियो । निखिलले पहिलो विवाह पनि प्रेम विवाह गरेका थिए । संचिताले आफ्नो अभिनयबाट सबैको मन जितेकी छिन् । उनले कोही मेरो, मुना मदन, अप्सरा, मर्यादा, दाग,माया त माया हो, नाई नभन्नु ल ३ लगायतका सिनेमामा काम गरेकी छिन् । निखिलसँगको विवाह पछी दुई सन्तानकी आमा बनेकी अभिनेत्री अहिले नेपाली चलचित्रमा नै सक्रिय छिन् । उनले अभिनय गरेको नयाँ चलचित्र राधा तिहारमा रिलिज हुँदैछ ।
सौजन्य सुब्बा
झापामा जन्मेकी मोडल तथा अभिनेत्री सौजन्य पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भुवन चन्दकी दोस्रो पत्नी हुन् । पहिले नै विवाहित भुपेनले सौजन्यसँग दोस्रो विवाह गरेका हुन् । मोडलिङ, टेलिसिरियल अनि चलचित्रमा आफ्नो राम्रै छबी बनाएकी अभिनेत्री सौजन्यको विवाह अघि नै प्रेमले भने खासै राम्रो छबि बनाएन ।
सुस्मिता केसी
चलचित्र नेपाली बाबुमा सुस्मिताले काम गरेकी छिन् । अभिनेता भुवन केसीकी दोस्रो पत्नीका रुपमा भित्रीएकी उनी वैवाहिक जिवनमा सफल हुन सकिनन् । अभिनेता भुवन केसीको तर्फबाट उनले जन्माएको छोरो अनमोल अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापीत हुँदै छन् । करिब पाँच वर्ष पछि सुस्मिता पनि नेपाली चलचित्र जगतमा फेरी फर्कीएकी छिन् । उनले निर्माण र अभिनय गरेको चलचित्र म तिम्रै हँु केही महिना अगाडी मात्र प्रदर्शनमा आएको थियो । सुस्मिताले नेपाली बाबु, करोडपती लगायतका सिनेमामा काम गरेकी छिन् ।