नायक राजेश हमाल यो दशैमा केही नयाँ योजनाहरु बनाउँदै छन् । नयाँ योजनाका साथ उनी युरोप भ्रमणको तयारीमा रहेका छन् । श्रीमति मधु भट्टराईलाई साथमा लिएर उनी नयाँ योजनासहित दशै मनाउन युरोप जाने तयारीमा रहेको खबर यति बेला नेपालमा विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भइरहेका छन् । खबरका अनुसार अर्को हप्ताको सुरुवातमा उनी विदेश भ्रमणमा निस्किने छन् । पहिलो योजना उनको श्रीमतिको गुनासो सम्बोधन गर्नु रहेको छ । व्यस्त कार्यतालिकाका कारण उनले केही बर्षदेखी श्रीमती मधु भट्टराईलाई प्रयाप्त समय दिन पाइरहेका छैनन् । त्यसैले उनले यसपटक दशैमा सबै समय श्रीमतिका लागि दिने तयारीमा छन् । विदेश यात्राका क्रममा नै उनले बच्चा जन्माउने योजना पनि बनाएका छन् । उनी निटकका एक चलचित्रकर्मीका अनुसार राजेश हमाल अब बच्चा जन्माउने तयारीमा रहेका छन् । खबरका अनुसार यसपटक युरोप भ्रमणका गएका बेला हमालले बच्चाको पनि तयारी गर्नेछन् ।
केही महिनादेखी बैबाहिक सम्बन्धमा खटपट आइरहेको खबरहरु बाहिर आइरहेको अबस्थामा हमालले बच्चालाई जन्मदिने सोच बनाएको हुन सक्ने अहिले धेरैले अडकल पनि काटिरहेका छन् । मधुले लामो समयदेखि सन्तानको चाहना गर्दै आएकी छन् । हमाल अहिले ५६ वर्षको पुगिसके । विवाह भएको दुई वर्षसम्म पनि उनीहरुको सन्तान हुने खवर बाहिर आएको छैन । त्यस्तै उनीहरुको अर्को योजना विदेशमा रहेका नेपालीहरुसँग खुसीयाली साट्ने रहेको छ । युरोमा रहेका नेपालीहरुसँग दशै मनाउने र त्यही रमाइलो गर्ने गरि उनले योजना बनाएका छन् । युरापेमा रहेका केही मित्रसँगको छलफलपछि चलचित्र क्षेत्रबाट टाढा रहने र राजनीतिमा प्रवेश गर्ने सोच उनको रहेको छ । यसपटक त्यसको औपचारीक छलफल उनले गर्नेछन् । यी चार योजनाका साथ हमाल युरोमा निस्किने तयारीमा लागेको स्रोतले जनाएको छ । पछिल्लो समय आफुले अभिनय गरेका चलचित्रहरु असफल हुँदै गर्दा उनलाई अहिले आफ्नो चलचित्रमा लिने आँट नेपाली निर्माताहरुले गर्न सकेका छैनन् । कुनै समय राजेश हमालको टाउको पोस्टरमा राखे मात्र पनि फिल्म हिट हुन्छ भन्ने निर्माताहरु अहिले हमालको विकल्पमा नयाँ अनुहारहरु खोज्दै गएको छन् । खबरका अनुसार अहिले हमालको हातमा एउटा पनि चलचित्र छैन । उनी एनएमवी बैंकको ब्राण्ड एम्बेसडरमा गएको महिना मात्र नियूक्त भएका थिए । अहिले हमाल सोही बैंकको प्रचार प्रसारमा हिँडिरहेको देख्न सकिन्छ भने उनी केही दिन अगाडी मात्र भारत भ्रमणबाट फर्किएका थिए ।