बलीउडमा राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् । तर बलिउडमा यिनीहरुको राज रहेको छ । केही यस्ता बलिउड अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जो भारतमा नजिन्मएपनि बलिउडलाई हिट फिल्महरु दिएका छन् ।
आउनुहोस् हेरौ केही यस्ता चर्चीत बलिउड कलाकारहरु :-
१. दीपिका पादुकोण
आजकल दीपिका बक्स अफिसमा सफलताको ग्यारेन्टी भएकी अभिनेत्रीको रुपमा परिचीत छ । जुन फिल्ममा उनीले काम गरेकी छिन् बक्स अफिसमा ती फिल्महरु एकपछि अर्को गर्दै सुपरहिट भएका छन् । सायद दीपिकाको बारेमा धेरैलाई थाहा नहुन सक्छ । उनी भारतमा भने जन्मिएकी होइनन् । दीपिकाका पिता ब्याडमिन्टन ट्रेनिङका लागि डेनमार्क गएका थिए । उनीले आफ्नी गर्भवती श्रीमतिलाई पनि लिएर गएका थिए । सोही बखतमा दीपिकाकी आमाले दीपिकालाई कोपेगन शहरमा जन्मदिएकी थिइन् ।
२.इमरान खान
इमरान खान, चकलेटी नायकका रुपमा परिचीत यी अभिनेता पनि भारतमा जन्मिएका होइनन् । यी अभिनेता अमेरिकामा जन्मिएका हुन् । त्यस समय उनका माता पिता अमेरिकामा बस्छन् । जब इमरान खानकी आमाले पतिलाई डिभोर्स दिइन, त्यसपछि इमरान र उनकी आमा भारत फर्केका थिए ।
३. सन्नी लियोन
पुर्व पोर्नस्टार सन्नी लियोन हाल बलिउडकी व्यस्त नायिकाको रुपमा परिचीत छिन् । करनजीत बोहराको रुपमा जन्मिएकी सन्नी लियोनले यत्रो सफलता जीवन कहिल्यै पाउँला भनेर सोचेकी थिइनन् । यिनको जन्म क्यानडामा भएको हो । उनी एक समय बेकरी क्याफीमा काम गर्थिन् ।
४. कटरीना कैफ
बलिउडका दंवग नायक सलमान खानकी विशेष साथी कट्रिना पनि भारतमा जन्मिएकी होइनन् । कैफ हंङकङमा जन्मिएकी हुन् । कैफकी आमा विदेशी हुन् । तर, पिता भने काश्मीरी मुलका हुन् । उनी ब्रिटेनमा बिजेश गर्ने काम गर्छन् । सन् २००३ मा ‘बुम’ फिल्मबाट बलिउड करिअर सुरु गरेकी कैफले त्यसपछि लगातार बलिउडमा काम गरिरहेकी छिन् ।
५.ज्याकलिन फनार्नडेज
बलीडमा सेक्स एण्ड हट नायिकाको रुपमा परिचीत ज्याकलिन पछिल्लो समय अधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान समेत बनाइसकेकी छिन् । श्रीलंकामा जन्मिएकी यी नायिका सन् २००६ मा बलिउडमा करिअर बनाउन भारत आएकी थिइन् ।
६. सारा जेन डियाज
फिल्म ‘ओ तेर और एग्री गड्डेस’ जस्तो फिल्म गरेर चर्चाको विषय बनेकी जेन डायस ओमानमा जन्मिएकी हुन् । उनले सन् २००७ मा भएको ‘मे फेमिना मिस इंण्डिया’ को उपाधि समेत जितेकी थिइन् । उनी हट फोटो सुट गरेकै कारण ठुलो चर्चामा रहन्छिन् ।
७. मोनिका डोगरा
फिल्म धोबीघाटमा अभिनय गरेकी यी अभिनेत्री न्युर्योकमा जन्मिएकी हुन् । मोनिका अभिनयका साथसाथै गीत गाउने समेत गर्छिन् ।