आश्चर्यमा नपर्नुहोस्, यो सुन्दा कि एक भारतीय मुलका फिल्मस्टारसँग ३६९ वटा कार छ भन्दा । तर यो कुरा सही हो । मलयालम तथा तमिल चलचित्रका सुपरस्टार ममुटीसँग ३६९ वटा कार छ । उनले आफ्नो कार राख्नका लागि छुट्टै ग्यारेज नै बनाएका छन् । उनी आफै कार ड्राइभ गर्न रुचाउँछन् । केही बर्ष अगाडि उनले मारुती-८०० किन्ने इच्छा राखेका पनि थिए । देशमै पहिलो पटक आफूले यो कार किन्ने उनको भनाई थियो । उनका अनुसार जगुआर एक्सजे एल पछिल्लो ब्रान्ड हो । उनका अधिकांश कारको नम्बर नै ३६९ राखिएको छ । उनी बजारमा नयाँ मोडलका कारहरु आउनसाथ किनिहाल्ने गर्छन ।