बलीउड सेलिब्रिटी हामीलाई मनोरञ्जन गराउनका लागि निकै मेहनत गर्दछन् । तर सुटिङको क्रममा केही भिन्न गरेर दर्शकलाई मनोरञ्जन दिने उद्देश्य कतिपय उनीहरुको लागि घातक पनि बनेको छ ।
सलमान खान
सलमान खानले सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ को सुटिङको क्रममा उनले एउटा सिनको लागि रेल अगाडिबाट हिँड्नुपर्ने थियो । त्यतिबेलै उनलाई महसुस भयो कि रेल उनको निकै नजिक आयो । उनले के गर्ने भन्ने बारे सोच्नै सकेनन् । उनको ज्यान बचाउनका लागि एक को–एक्टरले उनलाई धक्का दिएर रेलको ट्र्याकबाट हटाइदिए ।
ऐश्वर्या राय
सन् २००४ मा रिलिज भएको फिल्म ‘खाकी’ को सुटिङको क्रममा ऐश्वर्या रायलाई एक अनियन्त्रित जीपले ठक्कर दिएको थियो जसका कारण उनी सडकको किनारामा रहेका झाडीमा पुगेकी थिइन् । दुर्घटनापछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।
अमिताभ बच्चन
मनमोहन देसाई निर्देशित सन् १९८३ मा रिलिज भएको फिल्म ‘कुली’ को सुटिङका बेला एउटा फाइट सिन गर्दा उनलाई यस्तो चोट लाग्यो कि उनलाई ५२ दिनसम्म भर्ना गर्नुपर्यो । त्यतिबेला उनको मृत्यु भएको खबर पनि मिडियाले सार्वजनिक गर्न थालिसकेको थियो । एक अन्तर्वार्तामा त्यतिबेलाको स्थितीबारे खुलासा गर्दै भने, ‘डाक्टरले मलाई ‘मेडिकल्ली डेड’ घोषित गरिसकेका थिए । जया आइसियू रुमको बाहिर बसेर सबै हेरिरहेकी थिइन् । डाक्टरले आफ्नो कोसिस पनि बन्द गरिसकेका थिए तब जयाले निकै चिच्याउँदै उनले मेरो औंला हल्लिएको देखेका कारण पुनः कोसिस गर्न अनुनय बिन्ती गरिन् । त्यसपछि डाक्टरले मेरो खुट्टा मालिस गर्न सुरु गरिन् त्यसपछि ममा पुनः ज्यान भरियो ।’
अनु अग्रवाल
सन् १९९९ मा ‘आशिकी’ फेम अनु अग्रवालको मुम्बईमा ठूलो दुर्घटना भयो । उक्त कार दुर्घटनामा उनलाई ठूलो चोट लाग्यो र २९ दिनसम्म कोमामा रहिन् । उनलाई पूर्ण रुपमा निको हुन महिनौं लाग्यो ।
सन्नी लियोन
फिल्म ‘वन नाइट स्ट्यान्ड’ को सुटिङको क्रममा सन्नी लियोन यस्तै दुर्घटनाको शिकार भइन् । वास्तवमा उनी एक रोमान्टिक गीतको लागि सन्नी लियोनले आफ्ना को–एक्टर तनुज विरमानीसँग एक समुन्द्रको तटमा सुटिङ गर्नु थियो । त्यतिबेला मौसम निकै खराब थियो र समुन्द्रको पानीको स्तरमा पनि वृद्धि भएको थियो र पनि दुबै सुटिङका लागि तयार भए ।
सुटिङको क्रममा सन्नी र तनुज दुबैलाई समुन्द्रको पानीले बगायो । फिल्मको टिमले उनीहरुलाई दुईपटक पानीबाट निकाल्यो तर पनि पानीको तीब्र गतीले उनीहरुलाई पुनः बगायो । पछि त्यहाँ रहेका रेस्क्यु टिमले उनीहरुलाई अन्ततः पानीबाट बाहिर निकाले ।
ऋतिक रोसन
सन् २००६ मा रिलिज भएको फिल्म ‘कृष’ को सुटिङको क्रममा ऋतिक एक सीनका लागि केबलमार्फत एउटा ठूलो बिल्डिङमा चढिरहेका थिए, उनी त्यतिबेला अचानक लडे । यद्यपी, लत राखिएको क्यानोपिजले उनलाई सम्हाले । उनी जुन उचाईबाट खसेका थिए, त्यो करिब ५० फिट भएको बताइएको छ । यस्तै एक घटना फिल्म ‘ब्याङब्याङ’ को सुटिङको क्रममा भएको थियो । एक दृश्यको छायांकन गर्ने क्रममा उनको निकै गम्भीर दुर्घटना भयो । त्यतिबेला उनको टाउकोमा रगत जमेको थियो जसका कारण उनको दिमागको शल्यक्रिया गर्नुपरेको थियो ।
आयशा टाकिया
सन् २००६ मा रिलिज भएको फिल्म ‘डोर’ को क्ल्याइमेक्सको सुटिङको क्रममा आयशाले रेल चढ्नका लागि दौडनुपर्ने सीन थियो । त्यही क्रममा उनको खुट्टा चिप्लियो र उच्च गतीमा आइरहेको रेलको नजिकैको ट्र्याकमा पुगिन् ।
जोन अब्राहम
सन् २०१३ मा रिलिज भएको फिल्म ‘शूटआउट एट वडाला’ को क्ल्याइमेक्सको सुटिङको क्रममा अनिल कपुरले एक कालो बुलेट जोन अब्राहमतर्फ कुदाए । उनीहरु बिचको दुरी करिब १५ फिट हुनुपर्दथ्यो तर वास्तवमा उनीहरुबिच १।५ मिटर मात्र थियो । बुलेट जोनको गर्घनको दायाँ पट्टी लागेको थियो । यद्यपी, उनलाई केही ठूलो चोट भने लागेन ।
सैफ अली खानः
सन् २००० मा रिलिज भएको फिल्म ‘क्या कहना’ को एक सीनको सुटिङको क्रममा सैफ अली खानको बाइक दुर्घटना भएको थियो । त्यतिबेला प्रिटी जिन्टा पनि सेटमा उपस्थित थिइन् । उक्त दुर्घटनामा सेफको शरिरको भिन्न भिन्न भागमा १०० वटा टाँका लगाइएको थियो ।
लारा दत्त
सन् २००३ को फिल्म ‘अंदाज’ को सुटिङको क्रममा लारा दत्ता एक चट्टानबाट चिप्लिएर समुन्द्रमा खसेकी थिइन् । त्यतिबेला उनलाई अक्षय कुमारले बचाएका थिए ।