बलिउड अभिनेत्री राधिका आप्टेले दर्शकको चाहनाअनुसार आफू फिल्म ‘पच्र्ड’मा नग्न रूपमा प्रस्तुत भएको बताएकी छन् । केही हप्ता अगाडी प्रदर्शनमा आएको यो फिल्मको सो दृश्यका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । फिल्मको सो नग्न दृश्यबारे उनले भनिन्, ‘फिल्ममा पात्र भएपछि कथाले मागेअनुसारको दृश्य दिनुपर्छ, सोहीअनुसारको नग्न दृश्य पनि मैले यो फिल्ममा दिएको हुनाले त्यो कुनै ठूलो घटना होइन ।’
अन्तर्राष्ट्रिय फिल्महरूमा यस्ता नग्न दृश्य हुनुलाई उनले सामान्य रूपमा लिने गरेको बताइन् । तर, अझै पनि भारतमा यस्ता दृश्यलाई मिडियाले अनावश्यक रूपमा इस्यु बनाउने गरेको उनको कथन थियो । यतिमात्र होइन, यहाँका दर्शकको चाहना पनि अभिनेत्रीलाई पर्दामा नग्न रूपमा हेर्ने रहेको छ । दर्शकको चाहना नै त्यस्तो भएपछि आफू पर्दामा नग्न रूपमा प्रस्तुत हुँदा उनीहरूको चाहना पूरा भएको पनि राधिकाले प्रतिक्रिया दिएकी छन् । अजय देवगणले निर्माण गरेको यो फिल्ममा विषयवस्तुका कारण भन्दा पनि राधिकाले सो फिल्मका अभिनेतासँग निर्वाह गरेको यौनजन्य नग्न भूमिकाका कारण यतिबेला चर्चामा छ ।