एक म्यागजिनका लागि बलीउड नायिका प्रियंका चोपडाले लगाएको पहिरनको अहिले चर्को विरोध भैरहेको छ । प्रियंकाले लगाएको टिसर्टमा शरणार्थीहरुलाई असंवेदना देखाउँदै उनीहरुको भावनामा ठेस पुर्यागइएको भन्दै आलोचना भैहरेको छ । नायिका चोपडाले लगाएको टिसर्टमा रिफ्यूजी, आउटसाइडर र इमिग्रेन्ट शब्द काट्दै ट्राभलरलाई मात्र स्थान दिइएको छ । योसँगै प्रियंका र म्यागेजिनको चर्को आलोचना ट्विटरमा भैरहेको छ ।
यो कभर तस्बिरले बिबाद खडा गरेपछि म्यागेजिनले स्पष्टिकरण दिएको छ । रिफ्यूजीहरुको भावनामा ठोस पुर्याोउने काम आफूहरुको नभएको भन्दै म्यागेजिनले जारी गरेको विज्ञप्तीमा प्रवासी, विदेशी र रिफ्यूजीलाई भेदभाव नगर्न भन्दै सन्देश दिइएको उल्लेख छ ।