भारतीय कमेडी सो ‘द कपिल शर्मा शो’ एकपटक फेरिक संकटमा पर्ने अनुमान गरिएको छ । कपिल सोका एक महत्वपुर्ण कमेडियन डा.गुलाटी शो छोडेर जान लागेको बताइएको छ ।
त्यस्तै सिद्धुले पनि सो छोड्ने तयारीमा रहेको बताइएको थियो । तर, यसैबीच अर्को नयाँ खबर बाहिर आएको छ ।
सोका अर्का महत्वुर्ण कमेडियन कीकु शारदा (पलक) आफ्नो सिमामा रहेर कमेडी गर्न उत्सुक रहेको बताएका छन् । उनले भनेका छन्,‘शोमा पछिल्लो समय दोहोरो अर्थ लाग्ने बोलीहरु बोल्न थालिएको छ । त्यस्ता हर्कत गर्न मलाई मन पर्दैन । म सेक्स कमेडी गर्न एकदमै असहज महसुस गर्छु ।’
‘यदी पारिवारसँग बसेर कार्यक्रम हेर्न सकिन्न भने त्यो शोको अर्थ हुँदैन । मानिसहरु सिनेमाघरमा फिल्म हेर्न जान्छन् । यो पुर्ण पारिवारीक अनुभव हो तर अब त्यस्तो अवस्था रहेन ।’ उनले भने ।
आफुलाई नै लाज लाग्ने काम नगर्ने कीकुले बताएका छन् ।