बलीउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’ ले वक्सअफिसमा कीर्तिमानी कमाइ गरेको छ। चलचत्रले क्सअफिसमा २०० करोड भारूको कमाइ गरेको छ। कुनै पनि भारतिय बायोपिक चलचित्रले गरेको यो सर्वाधिक कमाइ हो। २०० करोड कमाइसँगै धोनीको बायोपिक चलचित्र सबैभन्दा बढी कमाइ गर्ने भारतिय बायोपिक चलचित्र बनेको छ। संसारभरबाट चलचित्रले उक्त कमाइ गरेको हो। चलचित्रले भारतमा १७५.७ करोड र विश्वबजारबाट २९ करोड कमाएको चलचित्रका निर्माताले जनाएका छन्। चलचित्र सेप्टेम्बर ३० मा रिलिज भएको थियो।