सुन्दा अनौठो होइन किनकी अहिले बलीउड फिल्ममा चुम्बनका दृश्य हुनु भनेको सामान्य भइसकेका छन् । पछिल्लो समय प्रदर्शनमा आएका अधिकाँश चलचित्रहरुमा चुम्बनका दृश्यहरु हुने गर्छन । तर बलीउडको कुन फिल्म थियो होला, जहाँ पहिलो पटक चुम्बनको दृश्य दिएको ? तपाईलाई सायदै थाहा छैन होला । आज हामी यो कुरा बताउँदैछौं । सन् १९३३ मा पहिलो पटक बलीउड फिल्ममा किस सीन दिइएको थियो । त्यो कदम उठाउन कोसिस गरिन् चर्चीत अभिनेत्री देविका रानीले । सबैभन्दा पहिलो हट एण्ड सेक्सी किस सिन दिएको भनिएको उक्त फिल्ममा किस सिन ४ मिनेटसम्म चलेको थियो । सन् १९३३मा भारत पनि स्वतन्त्र भइसकेको थिएन । देविका रानी र उनकै आफ्नै पति एक्टर हिमान्सु रायद्धारा अभिनित फिल्म ‘कर्मा’ मा पहिलो किस सिन दिएका थिए ।