बलिउडकी सुन्दरी नायिका हेमा मालिनी ६८ वर्षकी भएकी छन् । १६ अक्टोबर १९४८ मा तमिलनाडुमा जन्मिएकी हेमाले सन् १९८० मा बलिउडमा धर्मेन्द्रसँग विवाह गरेकी थिइन । दुवैले विवाहका लागि धर्म बदल्नु परेको थियो । यसको कारण थियो धर्मेन्द्र विवाहित हुनु । धर्मेन्द्रले आफ्नी पहिली श्रीमती प्रकाश कौरलाई डिभोर्स नदिएर हेमालाई विवाह गरेका थिए । धर्मेन्द्र र प्रकाशको सन् १९५४ मा १९ वर्षको उमेरमा मागी विवाह भएको थियो । यो जोडीबाट चार वटा सन्तान अजय सिंह (सनी), विजय सिंह (बबी), विजेता र अजेता देओल जन्मिएका थिए ।
यतिसम्मकी सनी देओलले हेमा मालिनीमाथि चक्कुले हमला गरेको खबर पनि आएको थियो । यस विषयमा प्रकाश कौरले भने आफ्ना श्रीमानको बचाव गरेकी थिइन । उनले राम्रो पति नभएपनि धर्मेन्द्र राम्रो पिता भएको बताएकी थिइन । यो सबै प्रकाशले सन् १९८१ मा एक पपुलर म्यागाजिन ‘स्टारडस्ट’लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन । जसमा धर्मेन्द्र र हेमा मालिनीको विवाहलाई लिएर कुरा गरिएको थियो ।
प्रकाशको अन्तर्वार्ता लिन त्यतिबेला निकै गाह्रो थियो । किनभने, उनी न त फोनमा कसैसँग कुरा गर्थिन न त घरमा नै कसैसँग भेटघाट गर्थिन । निकै मेहनेतपछि एक रिपोर्टर उनको अन्तर्वार्ता लिन सफल भएका थिए । अन्तर्वार्ताको दौरान उनले अंग्रेजी राम्रो नभएको बाहना पनि बनाएकी थिइन । ‘मेरो अंग्रेजी राम्रो छैन्, त्यसैले म केही भन्न सक्दिनँ,’ उनले भनेकी थिइन । रिपोर्टहरु त्यहाँबाट जान तयार नभएपछि उनले भनिन्, ‘म एक हाउसवाइफ हुँ । मलाई आफ्नो घर र बच्चाहरुको एकदमै माया छ । म जान्दिन कि मानिसहरु म र मेरो रहन सहनलाई लिएर के कुरा गर्छन् । सबैको आफ्नो जीवन स्टाइल हुन्छ ।’ अहिले धर्मेन्द्र र हेमा मालिनीका दुई छोरीहरु इशा देओल र आहाना देओल रहेका छन् ।