हलीउड अभिनेत्री रोज मैक्गोवानले आरोप लगाएकी छिन् कि एक पटक एक स्टूडियोका मालिकले उनको बलात्कार गरेका थिए । ‘वेराइटी’ को खबरका अनुसार, फिल्म ‘‘द डूम जेनेरेशन’’ की ४३ वर्षीय अभिनेत्रीले ट्वीटरमा एक हैशटैग ‘‘…व्हाइ वुमेन डन्ट रिपोर्ट…’’ द्धारा यस्तो आरोप लगाएकी हुन् । उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘किनकी हलीउड मिडियामा यो एक जगजाहिर राज हो र उनले मेरो बलात्कारीको चापलूसी गरेर मलाई लज्जित बनाए । आजको समय छ कि दुनियाँमा केही ईमानदारी पनि छन् ।’’
मैक्गोवानले त्यस स्टूडियोको बारेमा कुनै पनि उल्लेख गरेकी छैनन् । उनले भनेकी छिन् कि त्यस कथित घटनाको रिपोर्ट दर्ता उनले गराइनन् किनकी एक महिला फौजदारी वकीलले उनलाई बताए कि अब उनी बलात्कारीको विरुद्धको मुद्धा कहिले पनि जित्न सक्दिनन् किनकी एक फिल्ममा उनले एक अन्तरंग दृश्य दिएकी थिइन् ।
उनले अगाडी ट्विट गर्दै लेखिन्, ‘‘ एक महिला फौजदारी वकीलले मलाई बताइन् कि म त्यस स्टूडियो मालिकको विरुद्धमा कहिले पनि मुद्धा जित्न सक्दिन् किनकी मैले एक फिल्ममा एक सेक्स सीन दिएकी थिए । ’’