चलचित्र ‘द फेमस’ को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘द फेमस’ यूनिटले गीतलाई प्राथमिकतामा राख्दै ट्रेलर सार्वजनक गरेको छ । सार्वजनिक ट्रेलर २ मिनेट २२ सेकेण्ड लामो छ ।
ट्रेलरमा माया, प्रेम, द्धन्द्ध, विछोड लगायतका पक्षहरुलाई देखाइएको छ । चलचित्रमा सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जि आर, सुमन थापा, प्रमोढ खड्का, रश्मी भट्ट, सुरेश चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘द फेमस’ लाई संचारकर्मी तथा निर्देशक समीर बलामीले निर्देशन तथा निर्माण गरिएको हो । अशोक कार्कीले खिचेको यो चलचित्रमा बाबु बलामीको द्धन्द, सन्तोष प्रगाद र टंक बुढाथोकीको संगीत, मधुकर बलामीको एनिमेशन, सुरेश चौधरी र सुधिर श्रेष्ठको नृत्य, सुरेश चौधरीको सम्पादन रहेको छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।